मंगलवार, १३ माघ, २०८२

लोकसेवा आयोगबाट सबैभन्दा धेरै सिफारिस हुने जिल्ला जुम्ला

लोक सेवा आयोगको बार्षिक प्रतिवेदनको आ.व.२०८१/०८२ मा लोक सेवा आयोगबाट सबैभन्दा धेरै सिफारिस जुम्लाबाट भएका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको हो।उक्त कार्यक्रममा लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले राष्ट्रपति पौडेल समक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी उमेदवार […]

५ जना नयाँ मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस, शपथ भोलि

प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन्। उनले आफ्नो समूहमा साँझ गहन छलफल गरेपछि पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन्। सिफारिस भएका मन्त्रीहरूको नियुक्ति […]

जुम्लामा गाडीको ठक्करले एक बालक घाइते

जुम्लाको गुठिचौर गाउँपालिका–३ गज्याङकोटतर्फ जाँदै गरेको गाडीले वर्ष ६ का मुकेश बुढालाई ठक्कर दिएको छ। ठक्कर दिने चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन बाबु रेग्मीले जानकारी दिए। उनका अनुसार, घटना भएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको र चालकको खोजी कार्य भइरहेको छ। ठक्करबाट गम्भीर घाइते भएका बालकलाई […]

उद्योग वाणिज्य संघ जुम्लाको अध्यक्षमा दिल बहादुर रोकाया सर्वसम्मत

उद्योग वाणिज्य संघ जुम्लाको अध्यक्षमा व्यवसायी दिल बहादुर रोकाया सर्वसम्मत निर्वाचित भएका छन्। शनिबार सम्पन्न चुनावी साधारण सभाबाट रोकाया सहित १६ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध भएका हुन। निर्वाचन समितिका अनुसार वाणिज्य तर्फ उपाध्यक्षमा डम्बर कुमारी खड्का, उद्योग तर्फ बालकृष्ण बुढा र महिला उपाध्यक्षमा सुनिता श्रेष्ठ निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा देवेन्द्रराज उपाध्याय, कोषाध्यक्षमा अनुपमा रोकाया […]

जुम्ला गुठीचौरमा आजदेखि प्याराग्लाइडिङ महोत्सव

गुठिचौर गाउँपालिकाले महोत्सवलाई मनोरञ्जनको दृष्टिले सीमित नराखि साहसिक पर्यटनसँगै स्थानीय आर्थिक विकासको प्रमुख आधार बनाउन खोजेको छ। जुम्ला गाउँपालिकाको गुठिचौर अब साहसिक पर्यटन र रोमाञ्चको नयाँ गन्तव्यको रूपमा चिनिन थालेको छ। यही सन्देशलाई साथ लिएर आइतबारदेखि गुठिचौरमा दोस्रो आकासे पर्व प्याराग्लाइडिङ महोत्सव सुरु हुँदैछ। गाउँपालिकाको पहलमा आयोजना हुन लागेको यस महोत्सवले जुम्ला पर्यटनलाई नयाँ उचाइ […]

जुम्लामा भालुको आक्रमणबाट दुईजना घाइते

जुम्लाको हिमा गाउँपालिकामा भालुको आक्रमणमा परि दुईजना घाइते भएका छन्। घाइते हुनेमा ३० वर्षीय हरिचन्द्र रोकाया र ३५ वर्षीया गणेश रोकाया छन् । उनीहरु मध्य एकजना गम्भीर घाइते भएका छन्। हिमा गाउँपालिका ५ बाझगाडको भित्र वन भन्ने ठाउँमा गाईबस्तु चराउने क्रममा भालुको आक्रमणबाट दुई जना घाइते भएका हुन्।अहिले उनीहरुको उपचार कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा […]

जेनजी आन्दोलनः शून्य उपलब्धि, सार्वजनिक सम्पत्तिमा खर्बौंको क्षति र हजारौंको रोजगारी खोसियो!

वर्तमान प्रधानमन्त्री सुशील कार्की र कुलमान घिसिङले जेनजी विध्वंसमा पूर्ण समर्थन गरेका थिए। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पनि सामाजिक सञ्जालमा स्टाटस लेखेर आफू जेनजीको पक्षमा रहेको बताएका थिए। उनीहरूले उचाल्दा आज देश खरानी बनेको छ। विभिन्न मुलुकमा नेपालीको संख्या झण्डै एक करोड छ। रोजगारी र उच्च शिक्षा अध्ययनका लागि अहिले पनि विदेश जाने क्रम […]

ताजा समाचार