प्रतिष्ठानले भिडियो एक्सरे सेवा दिन नसक्दा सांसद शाहीको आलोचना

जुम्लामा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वार्षिक करोडौं बजेट आउँदा पनि जनसाधारणका लागि अत्यावश्यक सेवा रेडियोलोजी विभागमा योग्य डाक्टरको अभाव तथा भिडियो एक्सरे मिसिन विगत एक महिनादेखि बन्दले यतिबेला चर्को आलोचना भैरहेको छ। कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लाका रजिस्ट्रारलाई नृपेन्द्र महतलाई लक्षित गर्दै प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले ‘हरेक वर्ष ५० औं करोडौं रुपैयाँ […]
हेम बुढथापा नेतृत्वको तरुण दल जुम्ला केन्द्रबाट अनुमोदित, मिलाएर लैजाने अध्यक्षको प्रतिक्रिया

अधिवेशनमा केही साथीहरू रुष्ट भए पनि सबैलाई मिलाएर लैजाने दायित्व मेरो काँधमा आएको छ। नेपाली कांग्रेस जुम्लामा भातृ संगठनहरूको इतिहासमा चुनाव भएको थिएन। नेपाल तरुण दल जुम्लाको पाँचौं जिल्ला अधिवेशन सम्पन्न भएको १२ औं दिनमा संगठनभित्र उत्पन्न विवाद अन्ततः साम्य भएको छ। केन्द्रले हेम बुढथापाको अध्यक्षतामा गठित कार्यसमितिलाई अनुमोदन गर्दै विवादको औपचारिक टुंगो लगाएको हो। […]
१४ को सन्त्रास

यात्रा पुरै सहज थिएन। सडकहरू पहिरोले भत्किएका, सडक सुरक्षा अनिश्चित थियो। रेणु सवार कार पिली नजिकैको मोडमा दुर्घटनाग्रस्त भयो। खबर काठमाडौँमा आयो, रेणु अब थिइनन्। साल २०५७। रमेश १४ वर्षको थियो। जुम्लाको गुठीगाउँमा उसको बाल्यकाल कष्टमा बितिरहेको थियो। बिहानको चिसो, घरको चर्किएको छानो र साँझको रातो आकाश—उसका साक्षीहरू थिए। त्यो वर्ष उसको जीवनमा कहालीलाग्दो मोड […]