मंगलवार, ३ असार, २०८२

चन्दननाथमा नेपाल राष्ट्रिय कर्मचारी संगठनको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा लक्ष्मीनारायण उपाध्याय

नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन चन्दननाथ नगरपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिमा लक्ष्मीनारायण उपाध्याय अध्यक्ष, सिता रावल उपाध्यक्ष, प्रेमानन्द न्यौपाने सचिव, सूर्यबहादुर रावत कोषाध्यक्ष, भक्तिलाल बुढा सहसचिव र धीरबहादुर महत सदस्यमा चयन भएका छन्। यसैगरी, अधिवेशनले जिल्ला प्रतिनिधिका रूपमा रामबहादुर भण्डारी, तन्तबहादुर महत, लक्ष्मीचन्द्र न्यौपाने, […]

तातोपानीमा वैशाख २२ गते सांस्कृतिक महोत्सव हुँदै

तातोपानी गाउँपालिकाले आगामी वैशाख २२ गते सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ। स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यो महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सवमा स्थानीय संस्कृतिलाई उजागर गर्ने विभिन्न प्रस्तुतिहरू प्रदर्शन गरिनेछ। महोत्सवको मुख्य आकर्षणका रूपमा अभिनेता प्रदिप खड्का, अभिनेत्री दीपाश्री निरौला र नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीलगायतका […]

विद्यार्थी राजनीतिमा उदाउँदै गरेकी सुष्मा शाही नेतृत्वका लागि तयारीमा!

उनी क्याम्पसमा पारदर्शी आर्थिक प्रणाली स्थापना गर्ने, गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति कोषलाई विस्तार गर्ने र पठनसामग्री पहुँचमा सहजता ल्याउने प्रतिबद्धता जनाउँछिन्। दाङको लमही नगरपालिका निवासी सुष्मा शाही आजका दिनमा काठमाडौं उपत्यकाको विद्यार्थी राजनीति र सामाजिक अभियन्ता वृत्तमा परिचित नाम बनिसकेकी छन्। विद्यार्थी जीवनको सुरुआतदेखि नै सामाजिक कार्यमा अग्रसर रहेकी सुष्माले पाटन संयुक्त क्याम्पस, […]

कार्यक्रम नहुँदा पार्टी प्यालेसहरू सुनसान : सञ्चालकहरू झिंगा धपाउँदै, दिन कटाउँदै !

सर्वसाधारणलाई ठग्न पाउँदा उनीहरू मख्ख थिए। उनीहरूले जति कमाउनु थियो, त्यतिबेलै कमाए, किनभने पछिल्लो समय पार्टी प्यालेसहरू सुनसान छन्। मासिक एकाध कार्यक्रम पाउन पनि महाभारत छ। चार वर्षअगाडिको कुरा हो, पार्टी प्यालेसमा एकै दिन चार–पाँचवटासम्म कार्यक्रम हुन्थे। पार्टी प्यालेसहरूलाई कार्यक्रमको तयारी गर्नै भ्याइ–नभ्याइ हुन्थ्यो। बैंक तथा वित्तीय संस्थाहरूको साधारण सभा र राजनीतिक दलका कार्यक्रम नियमितजसो […]

कर्णाली मनलाग्दो टिप्पणीको विषय होइन

कर्णालीकी यी कान्छी सांसदले संसदमा उभिएर जुन आत्मविश्वास र दृढताका साथ आफ्नो कुरा राखिन्, त्यसले उनलाई एक सांसदको रूपमा मात्र नभई कर्णालीको आशाको प्रतीकको रूपमा स्थापित गरेको छ। ‘कर्णाली’ नाम लिनासाथ धेरैको मनमा विकट, अभावग्रस्त जीवन र अविकासको चित्र बन्छ। तर, यही कर्णालीकी एक युवा सांसदले संसदको मञ्चबाट यस्ता धारणालाई चुनौती दिँदैछिन्। विनिता कठायत, साविकको […]

ताजा समाचार