जुम्लाबासीलाई खानेपानी दिन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

मन्त्री यादवले कर्णालीप्रति आफ्नो गहिरो माया र जिम्मेवारीको भावना व्यक्त गरे। उनले थपे, “घर मधेसमा भए पनि कर्णाली मेरो मनमा छ। यहाँको विकासका लागि मेरो पूर्ण सहयोग रहनेछ।” संघीय खानेपानी मन्त्री प्रदीप यादवले जुम्लाबासीका समस्याको दीर्घकालीन समाधानका लागि संघीय सरकारको पूर्ण प्रतिबद्धता रहेको उद्घोष गरेका छन्। हिमा, सिंजा, र कनकासुन्दरी गाउँपालिकाले संयुक्त रूपमा आयोजना गरेको […]
तिलागुफाले जित्यो १५औं राष्ट्रपति रनिङ शिल्ड

यो प्रतियोगिताले विद्यालय तहका खेलाडीहरूलाई आफ्नो प्रतिभा उजागर गर्ने सुनौलो अवसर प्रदान गरेको तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्र बहादुर शाहीले बताए। कालीकोटको पचालझरना गाउँपालिका–२, पडेक्षा खेलमैदानमा सम्पन्न १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तिलागुफा नगरपालिकाले कब्जा गरेको छ। प्रतियोगितामा तिलागुफाले १४ स्वर्ण, ९ रजत, र ८ कांस्यसहित कुल ३१ पदक जितेर शीर्ष स्थान हासिल […]
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. डबल बहादुर धामी

विगत १२ वर्षदेखि क्लिनिकल फार्माकोलोजीमा अध्यापन, अनुसन्धान र नेतृत्वमा सक्रिय डा. धामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह–प्राध्यापक र रेक्टरको भूमिकामा छन्। उनको मृदुभाषी स्वभाव, समयपालन, र प्रभावकारी सञ्चार सीपले सबैको मन जितेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आफ्नो रिक्त उपकुलपति पदमा शिक्षाध्यक्ष डा. डबल बहादुर धामीलाई नियुक्त गरिएको छ। उनलाई स्वास्थ्य मन्त्री प्रदीप पौडेलको […]
बैंकका ठूला ऋणी जुनसुकै बेला जेलमा, बचतकर्ताको खर्बौँ रकम जोखिममा!

घरजग्गाको मूल्य निरन्तर ओरालो लागिरहेको छ। यस्तो अवस्थामा ठूला व्यापारीहरूले बैंकबाट लिएको ऋण नतिरे के होला ? ‘हाम्रो आमा साह्रै बाठी, चामलसँग पिठो साटिन्’ भन्ने गीत बैंकहरूसँग मिल्न गएको छ। बैंक आफैँले सय रुपैयाँ कित्तामा सेयर निष्कासन गर्यो। अनि त्यही सेयरलाई २७ सय मूल्यांकन गरेर ८० प्रतिशत कर्जा दिन्छ। गत चैत १५ गते काठमाडौँको तीनकुनेमा […]
सडकमा रमिता देखाउँदै शिक्षक, निरीह स्थानीय सरकार !

आन्दोलनका नाममा सडकमा रमिता देखाइरहेका छन्। यतिसम्म कि, हाजिरी नै बोकेर आएका छन्। अनि स्थानीय सरकार के हेरेर बसिरहेको छ? एकातिर विद्यार्थीको भविष्यमा खेलवाड गर्ने, अर्कोतिर सडकमा बसेर हाजिर गर्ने। यिनीहरूमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ। कानुन भन्छ, ‘सरकारी कार्यालयको कागजात परिसरबाहिर लैजान पाइँदैन।’ कागजातमा हाजिरी कपी पनि पर्छ। शिक्षित भनिएका शिक्षकहरूले हाजिरी कपी सडकमा ल्याएर […]
दैलेखका उज्याला बस्तीहरुमा छाउगोठका अँध्याराहरु

सामुदायिक स्वास्थ्य निरूपण कार्यक्रमले यस्ता समस्याहरूलाई उजागर गर्न र समाधानका लागि मार्गचित्र तयार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। यो कार्यक्रमको मुख्य उद्देश्य समुदायको स्वास्थ्य स्थिति बुझ्नु, प्रमुख स्वास्थ्य समस्याहरू पहिचान गर्नु र सुधारका लागि योजना बनाउनु हो। दैलेखको आठबीस नगरपालिका, वडा नम्बर १ र २ का गाउँहरू–सात्तला, डाडागाउँ, फर्तला, झुज, सिमगाउँ, सुखीपिपल, असाराघाट, खम्मडाँडा, रातमाता, […]
शिक्षक आन्दोलन : कलात्मक प्रतिबिम्बित समस्या र बृहत् विद्रोह

सरकारले यही बेला शिक्षा ऐन बनाउन सकेन भने हामी अझै पछि धकेलिने निश्चित छ। तसर्थ, सरकार यो विषयमा लाचार नबनेर पूर्ण समर्थन गर्नुको विकल्प अरू हुन सक्दैन। यतिबेला देशमा शिक्षकहरूले देशव्यापी रूपमा आफ्नो हकहितका लागि राजधानीकेन्द्रित आन्दोलन गरिरहेका छन्। नेपाल शिक्षक महासङ्घको नेतृत्वमा भइरहेको यो आन्दोलनले ठूलो रूप लिइरहेको छ। विद्यालय शिक्षा विधेयक पारित गर्न […]