च्यातिएको कोट
भित्तामा झुन्डिएको बाको कोटवर्षौं देखि त्यहीँ झुण्डिरहेको छबाका हातका छाला कैयौं पटक फेरी सकेबाका काला केश हिउँ जस्तै सेता भइसकेतर बाको कोट त्यहीँ ..झुण्डिरहेको छ। कोट झुन्ड्याउने काँटी खिया लागेर भाँचिन लगाई सक्यो,सेतो भित्ता कालो भै कयौं पटक आफ्नो मुहार फेरि सक्योतर बाको कोट त्यहीँ..झुण्डी रहेको छ। एक पटक ओथारो बसेको पञ्च्छिले त आफ्नो भुवा […]
जनकपुर बोल्ट्स पहिलो संस्करणको एनपीएल च्याम्पियन, सुदूरपश्चिम ५ विकेटले पराजित
सुदूरपश्चिमले जितको प्रयास गरे पनि जनकपुरको ब्याटिङ लाइनअपले उनीहरूलाई रोक्न सकेन। अन्तिमतिर जनकपुरका ब्याटरहरू सहजै लक्ष्य पार गर्दै च्याम्पियन बने। जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जितेको छ। रोमाञ्चक फाइनल खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै आफ्नो नाममा ऐतिहासिक उपाधि दर्ता गरेको हो। किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा […]
बच्चाले सलाई प्रयोग गर्दा गाजीखाद आगलागी, समयमै नियन्त्रण गर्दा घर जोगियो
जुम्ला चन्दननाथ नगरपालिका-४ मालाभिडका टंक प्रसाद पण्डितको सुकाइएको घाँस (गाजीखाद) आगलागीका कारण पूर्ण रूपमा नष्ट भएको छ। हिउँदको समयमा गाई भैंसीलाई खुवाउनका लागि संकलन गरिएको गाजो र पराल आगलागीले सखाप पारेको पण्डितले जानकारी दिएका छन्। आगलागी घरकै बच्चाले सलाईको प्रयोग गर्दा भएको बताइएको छ। घटनास्थलमा आगो नियन्त्रणको प्रयास तत्काल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। […]
कविता – कर्नाली र सिंहदरबार
काँत्तिबाट सुरु गरुँ म ?जत्ती लेख्या पुनि जत्ती भुन्या पुनिमेरो करनालीको सोझो आवाज दबिदो छउठ्नै नसक्न्या गरिकन मेरो करनाली हेपियाको शताब्दी भइगयोमेरो करनाली चेपियाको शताब्दी भइगयोमेरो करनाली डाको छोडीकन रुन पायाको नाईमेरो करनालीले करनाली हुन पायाको नाइउज्यालो करनाली अँध्यारो भयाको छ पर..न तुम्मो सिंहदरबार भाषण गद्दो छसपना बाँड्डो छआस देखाउँदो छकरनालीकन जीउँदै माद्दो छत्यो सिंहदरबार […]
बाजुराको गोत्री केन्द्रविन्दु बनाएर पाँच रेक्टरको भूकम्प
बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो। भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए। भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका हुन्। पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा […]