सोमबार, ८ पुष, २०८१

चन्दननाथ मन्दिर परिसरमा निर्मित विवाह मण्डप भत्काइयो

विवाह मण्डपमा ९ लाख गुठीको कोषबाट र ३ लाख निजी योगदानबाट संकलन गरिएको थियो। तर, निर्माण भएको तीन वर्ष पनि नपुग्दै मण्डप भत्काइएको छ। जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिर परिसरमा निर्माण गरिएको विवाह मण्डप (यज्ञशाला) भत्काइएको छ। पुरातत्व विभागको निर्देशनअनुसार गुठी व्यवस्था समितिले उक्त संरचना हटाएको हो। गुठी व्यवस्था समितिका अध्यक्ष अमरबहादुर थापाका अनुसार पुरातत्व विभागले […]

जुम्लामा मानव अधिकार र युवा सञ्जाल गठनका लागि अन्तरक्रिया सम्पन्न

कार्यक्रमको मुख्य उद्देश्य मानव अधिकारको प्रभावकारी संरक्षण तथा सामाजिक न्यायको प्रवर्द्धन गर्दै युवा मानव अधिकार रक्षक सञ्जाल गठन गर्नु थियो। जुम्लामा मानव अधिकारको संरक्षण र सामाजिक न्याय सुनिश्चित गर्न “मानव अधिकार तथा सामाजिक न्यायका लागि परियोजना” परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। ग्रामीण मुखी युवा अभियान नेपाल (रोयम नेपाल)ले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न सरोकारवालाहरूको उपस्थिति […]

कर्णाली प्रतिष्ठानका कर्मचारीहरू नौ दिनदेखि आन्दोलनमा

कर्मचारीहरूले समस्याको समाधानका लागि २४ घण्टे अल्टिमेटम दिएका छन्। उनीहरूले उपकुलपतिलाई तत्काल केन्द्रीय कार्यालयमा फर्कन र आफ्ना माग पूरा गर्न आग्रह गरेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीले न्यायोचित वृत्तिविकासको माग गर्दै सञ्चालन गरेको आन्दोलन आज नवौं दिनमा प्रवेश गरेको छ। आन्दोलनरत शिक्षक र कर्मचारीले मंगलबार जारी गरिएको एक विज्ञप्ति […]

लैङ्गिक हिंसा र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय

संयुक्त राष्ट्र संघको परिभाषाअनुसार, लैङ्गिक हिंसा भन्नाले “कुनै व्यक्तिलाई उनको लिङ्गीय पहिचान वा यौनिकताका आधारमा गरिने हानि, धम्की, नियन्त्रण, वा दबाब” हो। लैङ्गिक हिंसा समाजमा सबैभन्दा गहिरो रूपमा जरा गाडेको समस्या हो, जसले व्यक्तिगत, पारिवारिक, र सामाजिक जीवनमा ठूलो प्रभाव पार्छ। लैङ्गिक हिंसाको मूल जड असमान शक्ति सम्बन्ध, पितृसत्तात्मक सोच, र परम्परागत सामाजिक संरचना हुन्। […]

कर्णाली प्रतिष्ठानको कार्यकारी परिषद्ले सार्वजनिक गर्‍यो, हालसम्मका उपलब्धि

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शिक्षा, सेवा, र अनुसन्धानमा नयाँ सम्भावना सिर्जना गर्दै दुर्गम क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याइरहेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो स्थापना कालदेखि अहिलेसम्मको यात्रा र उपलब्धिहरू सार्वजनिक गर्दै सोमबार एक पत्रकार सम्मेलन आयोजना गर्‍यो। पत्रकार सम्मेलनमा प्रतिष्ठानका डिन डा. प्रेणित पोखरेलले स्वास्थ्य सेवा र शिक्षामा दुर्गम क्षेत्रको जीवनस्तर उकास्ने लक्ष्यलाई ध्यानमा […]

तिलामा संचालित निःशुल्क स्वास्थ्य शिविरबाट ३१० जना लाभान्वित

शिविरमा १३२ पुरुष र १७८ महिलाले सेवा लिएका जनस्वास्थ्य निरीक्षक कमल रावतले जानकारी दिए। तिला गाउँपालिका–२ रारालिही स्वास्थ्य चौकीमा एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ३१० जनाले सेवा लिएका छन्। आईएनएफ नेपाल र तिला गाउँपालिकाको सहकार्यमा आयोजित शिविरमा कान, नाक, घाँटी, आँखा र हाडजोर्नी सम्बन्धी रोगहरूको उपचार गरिएको हो। शिविरमा १३२ पुरुष र १७८ महिलाले सेवा लिएका […]

ताजा समाचार