सोमबार, ८ पुष, २०८१

पातारासीमा उमेर पुगेर विवाह गर्नेलाई बधाई पत्र

गाउँपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख भगवती गिरीले यस कार्यक्रमको सुरुआत गर्ने प्रस्ताव राखेकी थिइन्। पातारासी गाउँपालिकाले बालविवाह न्यूनीकरणको उद्देश्यसहित एउटा नयाँ र सकारात्मक कदम सुरु गरेको छ। अब २० वर्ष उमेर पूरा गरी विवाह गर्ने जोडीलाई गाउँपालिकाको तर्फबाट विशेष बधाई पत्र प्रदान गरिनेछ। यो कदमले बालविवाह रोकथाममा महत्त्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ। गाउँपालिकाको […]

जुम्लाका किसानको स्याउ समस्या: ‘फल्छ तर बेच्न सकिँदैन’

किसानको मुख्य समस्या भनेकै बजारको अभाव हो। वर्षौंदेखि गुणस्तरीय स्याउ उत्पादन गर्दै आए पनि सरकारले बजार व्यवस्थापनमा सहयोग नगरेको गुनासो गर्छन्, किसानहरु। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जुम्ला भ्रमणका क्रममा शनिबार किसानहरूसँग भेटघाट गरे। भेटघाटमा जुम्लाका स्याउ किसानहरूले आफ्नो मुख्य समस्या मुख्यमन्त्रीसमक्ष राखे। स्याउका लागि प्रख्यात जिल्ला जुम्लाका किसानहरूले आफ्ना उत्पादनलाई बजार पुर्‍याउन नसक्दा दुःख […]

सुर्खेतमा निर्माणाधीन रंगशाला दशौं राष्ट्रिय खेलकुदको केन्द्रबिन्दु (तस्बिरहरू)

कुल लागत १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार रूपैयाँ रहेको यो रंगशाला कर्णाली प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा चिनिएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन प्रादेशिक रंगशाला अन्तिम चरणमा छ। क्षेत्रीय खेलकुदको आधारस्तम्भ निर्माण गरिरहेको यो रंगशाला आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफलताका साथ सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेल्दैछ। २०७८ मंसिर २० […]

पातरखोलाको एक घरमा आगलागी, बेहोस अवस्थामा मालिक

“घटना आज दिउँसो करिब २:३० बजे भएको हो,” उनले भने, “उक्त गृहिणी तारा शाही घटनापछि बेहोस अवस्थामा फेला परेकी छिन्।” जुम्ला जिल्लाको हिमा गाउँपालिका–६ पातरखोला गाउँमा एक घरमा भीषण आगलागी हुँदा ठूलो क्षति भएको छ। घरका सबै सदस्यहरू बाहिर काममा गएको समयमा सोलारको तार सर्ट भई आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको हो। आगलागीका कारण […]

अप्रत्याशित रुपमा हुम्ला यात्राको आरम्भ

हुम्ला डायरी -१ देशकै ठूलो भूगोल भएको नाम्खाको जनजीवन कठिनाइले भरिएको छ। आधारभूत स्वास्थ्य सेवा पाउन पनि धेरै मानिसहरूले हप्तौँ लगाएर यात्रा गर्नुपर्ने बाध्यताहरु छन्। कहिलेकाहीँ जीवनमा कुनै प्रस्ताव यस्ता आउँछन्, जसले हाम्रो दैनिकीलाई पूरै बदल्न सक्छ। त्यही भयो मेरो र सहकर्मी प्रकाश उपाध्यायजीको साथमा। कार्तिक १२ गतेको साँझ, हामीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार […]

ताजा समाचार