सोमबार, ८ पुष, २०८१

सिंजामा विशेषज्ञ सेवा सहितको दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

शिविरबाट २०२ जनाले हाडजोर्नी, ९५ जनाले स्त्री रोग परामर्श र उपचार, १५० जनाले जनरल चेकजाँच, १३० जनाले मनोसामाजिक परामर्श, ११० अपाङ्गता परीक्षण सेवा र ३५ जनाले दन्त सेवा लिएका थिए। सिंजा गाउँपालिकाको आयोजनामा, प्लान नेपालको साझेदारी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको प्रविधिक सहयोगमा मिति २०८१ कार्तिक ३० र मङ्सिर १ गते दुईदिने निःशुल्क स्वास्थ्य […]

रुकुम पश्चिममा बस दुर्घटना हुँदा ९ जना घाइते

प्रहरीका अनुसार बस अनियन्त्रित हुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनाको पूर्ण विवरण र कारणबारे अनुसन्धान जारी छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११, रिठास्थित भेरी करिडोरमा आज दिउँसो करिब १:४० बजे बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। काठमाडौंबाट राडि तर्फ जाँदै गरेको प्रदेश ०१–००५ ख ९९६६ नम्बरको बस अनियन्त्रित भई सडकबाट झण्डै ५० […]

फुटबललाई संस्कृति बनाउने ‘युद्ध फुटबल एकेडेमी’को लक्ष्य छ

राम्रो एकेडेमी भयो भने उत्कृष्ट खेलाडी जन्मन्छन्। बालबालिकामा लगानी गरे भविष्य उज्यालो हुन्छ। यो मेरो मातृभूमिप्रतिको योगदान हो। कर्णाली प्रदेशले फुटबल खेलमा अपार सम्भावना बोकेको छ। यहाँका युवा खेलाडीले सीमित स्रोत-साधनकै बीच असाधारण प्रतिभा प्रदर्शन गर्दै आएका छन्। यसै सन्दर्भमा कर्णालीबाट ‘ए’ डिभिजन लिगमा पुग्ने पहिलो खेलाडी युद्ध शाहीले सुर्खेतमा ‘युद्ध फुटबल एकेडेमी’ खोलेका छन्। […]

सिंजा गाउँपालिकाको शनिगाउँमा स्वास्थ्य शिविर सम्पन्न

स्वास्थ्य शिविर सिंजा गाउँपालिकाको आयोजना, प्लान नेपालको सहकार्य र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। जुम्लाको सिंजा गाउँपालिका, वडा नं. ५ शनिगाउँमा शुक्रबार एकदिने बहुआयामिक स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्थानीय बासिन्दाहरूलाई हाडजोर्नी, स्त्रीरोग, अपांग परीक्षण, मानसिक परामर्श, सामान्य स्वास्थ्य परीक्षणलगायत विविध स्वास्थ्य सेवा प्रदान गरिनुका साथै निःशुल्क औषधि वितरण […]

बिर्सिएका अतीतहरू

ए यादहरू हो !तिमी मसँग नआओ,मैले अतीत बिर्सिसकेँ,तिमी सम्झाउन नआओ,अतीतहरू बिर्सेपछि,जिउन सजिलो हुनेरहेछ,हो आजभोलि मलाई यस्तै भइरहेछ,तर तिमी यस जिन्दगीलाई,उही विन्दुमा अल्झाइरहन नआओ । यहाँ,म ढोका बन्द गरेर बसेको छु अझै भन्दा,ढोकामा भोटे ताल्चा पनि मारेको छु,अतीतहरू फर्केर नआउन् भनेर नै,मैले यो सब गरेको छु किनकि,मलाई अतीतहरू फर्काउनै मन छैन । मैले अतीत बिर्सनको लागि,भोटे […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० करोडको शैक्षिक भवन

कार्तिक २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिएको यो अत्याधुनिक भवन ३० करोड रुपैयाँको लागतमा निर्माण भएको रजिस्ट्रार नृपेन्द्र महतले बताए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाले अन्ततः आफ्नै शैक्षिक भवन प्राप्त गरेको छ। यो उपलब्धिले स्वास्थ्य शिक्षा र सेवा क्षेत्रमा ठूलो आर्थिक तथा गुणात्मक सुधारको संकेत गर्दछ। कार्तिक २८ गते प्रधानमन्त्री केपी […]

कथा: सेतो घोडा

किसानले पनि जमिन्दारबाट सानो रकम ऋण लिएको थियो। समयमै ऋण तिर्न नसक्दा, जमिन्दार एकदिन आफ्ना सुसारेहरू लिएर किसानको घरमा पुग्यो।  एकादेशमा एउटा सुन्दर र हराभरा गाउँ थियो। त्यस गाउँमा एकजना गरिब किसान बस्थ्यो। उसको घरमा श्रीमती र दुईजना साना छोराछोरी थिए। किसानले घरमा एउटा सेतो घोडा पालेको थियो। त्यो घोडा गाउँभरि बफादार र आकर्षक भनेर […]

ताजा समाचार