गजल
तिम्रो याद यसरी आउँछ , प्याला लगाएपछि।रुवाउछ फेरि हँसाउछ, प्याला लगाएपछि। मायामा धोका खाएको एक पागल प्रेमीले,आफ्नो पीडा सुनाउँछ, प्याला लगाएपछि। यता प्रियाको सामु एक वचन नबोल्नेले,उता श्रीमती थर्काउँछ, प्याला लगाएपछि। नेपाली विषय लागेर फेल भएको जडियाँअँग्रेजी बोल्न सिकाउँछ, प्याला लगाएपछि ।।
कविता: दशैको मुखमा
दशैको मुखमा, छ हलचल,हावा पनि सँगै रम्दैछ।परिवार अनि साथीहरू,घरमा आउने आशा गर्दैछन्। दशैँको रमझम फैलिँदैछ,गाउँदेखि सहरसम्म।पिङको तारमा खुशी बुनिँदै,बाल्यकालको झल्को टल्कँदैछ। चौपारीमा बसेर गफगाफ,छेउमै पकाउँदै मासु-भात।हातमा टीका, मनमा स्नेह,एकआपसमा बाँड्दै भातृत्व। दशैँको मुखमा उमंग छ,नयाँ लुगा, नयाँ मिठाई।सपना बोकेर सबै अघि बढ्छन्,शक्ति, साहस, माया बढाउँदै। दशैँ त केवल पर्व मात्र होइन,यो त आशा, यो त […]