निर्धक्क भन्न सकिने अवस्था छ, कर्णाली प्रदेशभरी स्वास्थ्य आपत आइपर्दाको भरोसा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हो भनेर। कोभिड -१९ को कहाली लाग्दो विगतमा यस प्रतिष्ठानले दिएको सर्वोकृष्ट सेवा स्मरण योग्य छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पछि सबैभन्दा बढी पीसीआर परिक्षण गर्ने संस्थाको रूपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान दर्ज भयो।
सम्माननीय प्रधानमन्त्री, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति तथा यस कार्यक्रमका सभाध्यक्ष श्री के पी शर्मा ओलीज्यू,
प्रथम दिक्षान्त समारोहका प्रमुख वक्ता, Harvard University को Harvard Center for Primary Care को निर्देशक Dr. Kirsten Meisinger ज्यू,
माननीय स्वास्थ्य तथा तथा जनसंख्या मन्त्री तथा यस प्रतिष्ठानका सहकुलपति प्रदिप पौडेल ज्यू,
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा. अञ्जनी कुमार झा ज्यू,
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सभा सदस्यज्यूहरू,
प्रतिष्ठानका प्राध्यापक, विभागीय प्रमूख, सम्पूर्ण कर्मचारी, विद्यार्थी भाइ बहिनीहरु,
आज दिक्षित हुन लाग्नु भएका सम्पूर्ण विद्यार्थीहरु, अभिभावक, परीवारजन,
यहाँ उपस्थित सम्पूर्णमा हार्दिक नमस्कार।
सर्वप्रथम सम्मानीय प्रधानमन्त्री ज्यू लगायत सम्पूर्णलाई जुम्लामा हार्दिक स्वागत गर्न चाहन्छु।
दीक्षित हुन लागेका विद्यार्थीहरु,
आजको दिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जीवनमा एक ऐतिहासिक क्षण हो। पिछडिएको क्षेत्रमा स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल्ने उद्देश्यका साथ स्थापना भएको प्रतिष्ठानले गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गरिरहेको यथार्थ नतिजाबाट प्रमाणित भएको छ । यस प्रतिष्ठानबाट उत्पादित First Batch का MD/MS विद्यार्थी देशका विभिन्न भूभागमा काम गरिरहनु भएको छ। Nursing र Public Health का जनशक्ति पनि देश, विदेशमा गएर यहाँ सिकेका ज्ञान र सी व्यवहारमा प्रयोग गरि अब्बल सावित भइरहेका छन्।
प्रतिष्ठानको स्थापनासँगै जोडिएको एक चिकित्सकको नाताले मात्र नभै कर्णाली क्षैत्रको बासिन्दा समेत भएको हुनाले पनि आजको यो दिन MD/MS लगायतका विद्यार्थी अध्यापन गराई दक्ष जनशक्ति उत्पादन गरि देशैभरी पठाउन सक्षम प्रतिष्ठानले सिटामोलको चरम अभावमा छटपटाइरहेको कर्णाली, आफन्तलाई पोष्टमार्टम गर्न डाक्टर कुरीरहेको कर्णाली, प्रसव व्याथाबाट गुमेको ज्यान टुलुटुलु हेरिइरहेको कर्णालीको वितग भुलाउन सकेको छ।
निर्धक्क भन्न सकिने अवस्था छ, कर्णाली प्रदेशभरी स्वास्थ्य आपत आइपर्दाको भरोसा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हो भनेर। कोभिड -१९ को कहाली लाग्दो विगतमा यस प्रतिष्ठानले दिएको सर्वोकृष्ट सेवा स्मरण योग्य छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पछि सबैभन्दा बढी पीसीआर परिक्षण गर्ने संस्थाको रूपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान दर्ज भयो। “कर्णाली मार्च” नाम दिएर कर्णाली भरीका सम्पूर्ण जिल्लामा COVID रोगथामका लागि अतुलनीय योगदान दिने संस्था यही हो । कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा देखिने स्वास्थ्य समस्या मात्रै नभई जाजरकोट लगायतका भूकम्पजस्ता जोखिमबाट हुने स्वास्थ्य समस्याको “First Responders” पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नै हो। कर्णालीमा कुनै पनि जिल्ला र स्थानीय अस्पतालहरू छैनन् जहाँ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक र स्वस्थ्यकर्मी गएर सेवा नगरेको। तसर्थ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपालको ग्रामीण क्षेत्रमा स्थापित एक “युगीन संस्था” मात्र नभई कर्णाली प्रदेश लगागत सुदुरपश्चिम प्रदेशका केही स्थानको स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको प्रकाशस्तम्भ हो। अर्थात् कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नै कर्णाली बारे निर्माण गरिएको विगतको भाष्य बदल्ने मियो हो।
यस ऐतिहासिक दिनमा तपाईंहरु लगायत सम्पूर्ण महानुभावहरूले प्रमुख अतिथि DR. Kirsten Meisinger बाट प्रवचन सुन्नुहुनेछ। उहाँ Cambride Health Alliance को निर्देशक भइसक्नुभएको छ भने हाल Harvard University को Harvard Center for Primary Care को निर्देशक हुनुहुन्छ। उहाँले स्वास्थ्य समताका बारेमा विश्वका विभिन्न देश (अष्ट्रेलिया, कोरिया, ब्राजिल) मा महत्वपूर्ण योगदान दिइसक्नुभएको छ भने नेपालमा अत्यन्तै सह्रानीय काम गरिरहेको OHW को Board of Director पनि हुनुहुन्छ। उहाँ विश्व प्रसिद्ध Tuft University, MGH जस्ता उत्कृष्ट विश्वविद्यालयको Visiting Faculty पनि हुनुहुन्छ।
So, I would like to thank Dr. Kirsten Meisinger for accepting our invitation as a chief guest in our historic convocation ceremony. I hope our collaboration will be a milestone in academic development of KAHS.
आज नेपाल र नेपालीको लागि त्याग, संघर्ष र परिवर्तनका हजारौं श्रृखला पार गरि राष्ट्रका बालबालिका, युवा देखि वृद्धसम्मका मनमुटुमा रहुनभएका सम्माननीय प्रधानमन्त्रीज्यूबाट महत्त्वपूर्ण सम्बोधन हुँदैछ। जसबाट हाम्रा सम्पूर्ण विद्यार्थीहरूले महत्वपूर्ण अनुभव हासिल गर्ने अवसर प्राप्त गर्नेछन्।
Appendicitis को अप्रेसन भएर स्वास्थ्य लाभ गर्दै गरेको हप्तामा बालुवाटारमा म लगायत तत्कालीन उपकुलपति, रजिस्ट्रार गएर MDGP लगायत कार्यक्रम संचालन गर्न खोजेको भनी अनुरोध गर्दा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएकै महिनाबाट प्रतिष्ठानमा हामीले MD/MS सुरु गरेका थियौं। त्यही निर्णयकै कारण सुरु गरिएको MD/MS बाट आज ५ जना विद्यार्थी दिक्षित हुँदै हुनुहुन्छ।
पाँच वर्ष अगाडि हाम्रो नियुक्ति पश्चात प्रधानमन्त्रीज्यूकै निर्देशन र सहयोमा MBBS लगायत कार्यक्रम शुरू भए। २० जनाबाट शुरू गरिएको MBBS कार्यक्रम हाल पाँचौं व्याचमा ५० जना enrolled हुँदैछन् । कर्णालीका लागि यति ठूलो सदासयता देखाउनु हुने सम्माननीय प्रधानमन्त्रीज्यूलाई सिङ्गो कर्णाली र प्रतिष्ठानका तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु । कार्यक्रम संचालनमात्र होइन भौतिक पूर्वाधार निर्माणको निर्णय पनि (जो अहिले उद्घाटन हुँदै गरेको भवन) र बन्दै गरेको भवन पनि यहाँले नेतृत्व लिएको सरकारकै पालामा सुचारू भएको थियोे । तर यी पर्याप्त छैनन्, ४०० भन्दा बढी विद्यार्थी र १०० जना भन्दा बढी शिक्षक (प्रध्यापकदेखि लेक्चररसम्म) भाडाको कोठामा बस्न बाध्य छन्। चेरेचौरमा करीब ५०० रोपनि जमिन जुम्ली जनताले प्रतिष्ठानलाई नि:शुल्क प्रदान गरेको ७ वर्ष वित्यो। Basic Science को २३ वटा बिल्डिङ निर्माणको DPR बनिसक्दा पनि बजेट अभावले निर्माण हुन नसकेको अवस्था अवगत गराउन चाहन्छु। उच्च जनसंख्याको केन्द्रभागमा रहेको राकम कर्णालीका जनताले १०० शैया अस्पताल बनाउन प्रतिष्ठानलाई नि:शुल्क जग्गा प्रदान गरी त्यसको पनि DPR तयारी हालतमा रहेको र निर्माणको प्रतिक्षामा रहेको कुरा सम्माननीय कुलपति र माननीय सहकुलपतिज्यूलाई जानकारीका साथै निर्माणमा सहयोग गरिदिनहुन अनुरोध गर्दछु।
हाम्रो कार्यकालको छोटो समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ठूलो फड्को मारेको जगजाहेर छ। तर पनि राजनितिक अस्थिरताका कारण बजेटको अभाव र केहि विषयमा आवश्यक विशेषज्ञ Retention को कठिनाई हामीले भोगेको मुख्य समस्या मध्ये एक हो। प्रविणता प्रमाण पत्र तहको HA, Nursing बाट आफ्नो कार्यक्रम अगाडि बढाइरहेको प्रतिष्ठानले आज ४ वटा स्कुल (School of pharmacy, School of public health, School of nursing and School of medicine) संचालनमा ल्याएको छ। जस अन्तर्गत MD/MS मा पाँच विषयमा MPH, MPharma, BSC nursing, BN, BN Midwifry, BPH, MBBS लगायत कार्यक्रम संचालनमा छन् भने नर्सिङमा स्नातकोत्तर कार्यक्रम यो वर्षबाट सुरु हुँदैछ। हाल करिब ४०० भन्दा बढी विद्यार्थी यहाँ अध्ययननरत छन्। साथै Public Health र Nursing मा National License Examination मा १००% पास रिजल्ट, आन्तरिक आम्दानीमा ५ गुणासम्म वृद्धि, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा २० भन्दा बढी स्वास्थ्य सम्बन्धि विश्वविद्यालय र संस्थासँग MoU, देशभरीकै उत्कृष्टमध्यकै एक Skill Lab को स्थापना, आँखा उपचार लगायत विभिन्न विभागहरूको थप सेवा, प्रसिद्ध Harvard University सँगको सहकार्यमा अन्तराष्ट्रिय सामुदायिक मानसिक रोग सम्मेलन, ग्रामीण स्वास्थ्यमा Short Course, Harvard लगायतका विश्वविद्यालयमा प्रतिष्ठानको बारेमा व्यापक छलफल र साझेदारी निर्माण लगायतका कार्य धेरैमध्ये केही महत्वपूर्ण उपलब्धीहरूको रूपमा लिएको छु।
प्रतिष्ठान् एक मात्रै यस्तो विशिष्ट संस्था हो जसले देशको विकट भूभागलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाएर काम गरिरहेको छ। हामीले यसलाई प्रतिष्ठानको सुन्दरताको रुपमा लिएका छौं । प्रतिष्ठानले सम्पूर्ण सरोकारवालाको साथ सहयोग पाएको खण्डमा देशको मानव विकास सुचकाङ्कमा प्रत्यक्ष र अप्रत्यक्ष सुधार ल्याउन सक्ने सामार्थ्य राख्दछ । Mountain Medicine (High Altitude), Rural Health, Medicinal Plant Research र Health Economics जस्ता विषयमा Center of Excellence हुनसक्ने सम्भावना रहेको यस प्रतिष्ठानलाई सबैको साथ सहयोगको अवश्यकता छ।
अन्तमा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मार्गदर्शन, ध्यय र उद्देश्यलाई शिरोधर गरि आ-आफ्नो कार्यक्षेत्रमा उत्कृष्टता हासिलका साथै राष्ट्रलाई सेवा पुगोस् भन्ने आशा र विश्वास छ। सम्पूर्ण दीक्षित विद्यार्थीलाई हार्दिक शुभकामना दिन चाहन्छु।
धन्यवाद!
(कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दिक्षान्त समारोमा उपकुलपति डा. मंगल रावलद्वारा व्यक्त मन्तव्यको सार)