एउटा रारा छ, जसले सारा देश विदेशको ध्यान खिचिरहेको छ। जहाँ पानी नै पानी छ, त्यो कर्णालीको मुगु जिल्लामा अवस्थित छ। अर्को जुम्ला जिल्लाको रारा छ, जहाँ पानी नभएको युगौं भइसक्यो।
तस्बिरमा देखिएको जुम्ला जिल्ला स्थित तिला गाँउपालिका -१ रारा गाउँ हो। जहाँ पानीको हाहाकार छ। गाउँ काकाकुल छ। सडक र जंगल खन्ने प्रतिस्पर्धामा उत्रिएका विकासे संयन्त्रले रारा गाउँ पानी नपाएर तिर्खाएको कहिल्यै देखेनन्। वा देखेर पनि नदखेजस्तो गरे। निदाएको अभिनय गर्नेहरु गैडाको छालाजस्तै हुन। तीनलाई कहिल्यै घोच्दैन रहेछ।
नेपालमा धेरै व्यवस्था फेरिए, राणा शासन, पञ्चायत, बहुदल र जाहनीय राजतन्त्र फ्याँकी उन्नत, सुधारिएको लोकतन्त्र स्थापना भएको दुई दर्शक पूरा भइसकेको छ। तर राराको पीडा उस्तै।
एउटा रारा छ, जसले सारा देश विदेशको ध्यान खिचिरहेको छ। जहाँ पानी नै पानी छ, त्यो कर्णालीको मुगु जिल्लामा अवस्थित छ। अर्को जुम्ला जिल्लाको रारा छ, जहाँ पानी नभएको युगौं भइसक्यो। जहाँका स्थानीयहरु आज पनि घण्टौं कुरेर धित मरुन्जेल आफ्नो तिर्खा मेटाउन सकिरहेका छैनन्। प्यास बुझाउन सकिरहेका छैनन्।
नेपालको संविधान २०७२ लागु भएको एक दशक पुग्न आँट्यो। उक्त संविधानले जनताका मौलिक हक अधिकार, बाँच्न पाउने अधिकार, गाँस, बास र कपासको ग्यारेन्टी गर्नुका साथै स्वतन्त्र बाँच्न पाउने, बोल्न पाउने अधिकारको सुनिश्चितता गरेको छ।
डब्लुएचओ र खानेपानी तथा सरसफाई मन्त्रालयले मानवले दैनिक जीवनमा ४५ लिटर पानी आवश्यक पर्दछ भनेर व्याख्या गरेका छन्। तिला गाउँपालिका -१ रारा गाउँ भने खानेपानीका लागि कुनै शासन फेरे भन्दा कठिन संघर्ष गरिरहेको छ।
यहाँ पानी पुर्याउन सिंगो राज्य असफल भएको छ। झन्डै तीन सय घरधुरी भएको रारा गाउँ एक्काइसौं शताब्दीमा पनि खानेपानीका लागि संघर्ष गरिरहेको छ। उक्त गाँउले स्थानीय तहको २ वटा चुनावमा भोट हालिसक्यो। संविधान लेखाउने माननीय र कार्यान्वयन गर्ने प्रदेश र संघका मानानीय समेत बनाइसक्यो।
तर, न स्थानीय तहले न प्रदेश नत संघ सरकार कसैले पनि रारा गाउँलाई पानी दिन सकेका छैनन्। हाल सम्म पनि खानेपानीको लागि ढुंगे युगिन संघर्ष गर्नु पर्दा रारा गाउँले लोकतन्त्रलाई गिज्याएको छ।
उन्नत भनिएको लोकतान्त्रले रारा गाउँमा आफ्नो कपडा नउतारोस्। हामी यही चाहन्छौं। कुनै पनि हालतमा पानी खान पाउनु पर्छ। यो हाम्रो माग हो। यसको लागि संघ, प्रदेश र स्थानीय तहको तुरुन्तै ध्यानाकर्षण होस्। नभए लोकतन्त्र आफ्नो कपडा उतारेर जग हसाउन लागोस्।