नेपालका १०.८ मिलियन मानिसको सरसफाइमा पहुँच छैन र ३५ लाख जनताको आधारभूत खानेपानी सेवामा पहुँच छैन। नेपालमा, लगभग सबै जनसंख्यामा ९८ प्रतिशत आधारभूत खानेपानी सेवामा पहुँच छ। २५ प्रतिशत जनसंख्याले उपयुक्त विधिहरू जस्तै उमालेर, ब्लीचिङ, फिल्टरिङ, र सौर्य कीटाणुशोधन प्रयोग गरी पिउने पानी प्रयोग गर्छन्।
पानी रासायनिक सूत्र हाइड्रोजन र अक्सिजन मिलेर बनेको हुन्छ। यो पारदर्शी, स्वादहीन, गन्धहीन र लगभग रंगहीन रासायनिक पदार्थ हो। पृथ्वीको चार भागमा तीन भाग पानी र एक भाग मात्र जमीनले ढाकेको छ। पृथ्वीमा करिब एक सय ५० करोड घनकिलोमिटरभन्दा बढी पानी छ। तर विश्वमा भएको पानीको एक प्रतिशत मात्रै मानिसका लागि प्रयोगयोग्य छ।
९७ प्रतिशत नुनयुक्त समुद्र र दुई प्रतिशत पानी हिमनदीमा जमेको छ। सामुद्रिक पानीमा नुनको मात्रा ३ दशमलव ५ प्रतिशत हुन्छ। सृष्टि र विकाससम्बन्धी पानी या नदीको यस्तै देन भएर होला वेदमा ‘आ पो ब्रम्ह’ भनिएको पनि छ। ‘जल’ यस्तो वस्तु हो जसले मानव, पशुपन्छी र वनस्पतिलाई समेत जीवनदान दिन्छ। नेपालको कुल क्षेत्रफलमध्ये १८ प्रतिशत अंश पानी तथा हिउँले ढाकिएको छ। जसमध्ये २ दशमलव ७ प्रतिशतमा पानी रहेको छ भने १५ दशमलव ३ प्रतिशत हिउँले ढाकिएको जमीन पर्दछ। समुद्रको किनारमा नभए पनि जल सम्पदाको दृष्टिले ब्राजिलपछिको संसारको दोस्रो धनी मुलुक नेपाल हो। आँखाविनाको जीवन र पानी बिनाको संसारको कल्पना एउटै हो।
पानी र वायुको अन्तरक्रियाबाट नै पृथ्वी जीवनयोग्य ग्रहको रूपमा रहेको वैज्ञानिक अध्ययनबाट प्रमाणित भइसकेको यथार्थ हो। पानीका प्रमुख स्रोतहरू वर्षाको पानी हिमनदीहरू, नदीहरू, ताल, पोखरी तथा जमीनमुनिको पानी छन्। नेपालको सन्दर्भमा छ हजारभन्दा बढी नदीहरू छन् भने यिनीहरूको जम्मा लम्बाइ ४५ हजार किमि रहेको अनुमान गरिएको छ।
नेपालमा पानीको मुख्य स्रोतहरूमा वर्षात्, हिमनदी, नदी र भूमिगत जल हो। सम्पूर्ण नदीहरूको जलभण्डार क्षमतालाई हेर्दा यहाँ दुई लाख दुई हजार मिलियन क्यूबिक मिटरको जलभण्डार क्षमता रहेको छ। साथै कोशी, गण्डकी र कर्णालीजस्ता तीन ठूला नदीहरूको क्षमता एक लाख ४८ हजार क्यूबिक मिटर अर्थात् नेपालको कुल जलस्रोत क्षमताको ७५ प्रतिशत रहेको छ।
प्रति दिन २–३ लिटर प्रति व्यक्ति पानीको आवश्यकता पर्छ। शहरी मानिसका लागि घरेलु प्रयोजनका लागि प्रतिव्यक्ति १५०–२०० लिटर प्रतिदिन चाहिन्छ। घरेलु प्रयोजनको हिसाबले ग्रामीण मानिसका लागि प्रति व्यक्ति प्रति दिन ४०–५० लिटर चाहिन्छ।
स्वस्थ पानीको विशेषता जस्तै रोगजन्य किटाणुबाट मुक्त, हानिकारक रासायनिक पदार्थबाट मुक्त, रङ र गन्धबाट मुक्त स्वादको लागि सुखद र घरेलु प्रयोजनका लागि प्रयोगयोग्य हुनुपर्छ। वर्षाको पानी सबै पानीको प्रमुख स्रोत हो। वर्षाको पानी प्रकृतिको सबैभन्दा शुद्ध पानी हो। बालबालिकाको अस्तित्व र वृद्धिको लागि पर्याप्त र सुरक्षित पानी आपूर्ति सुनिश्चित हुनुपर्छ।
सफा पानी, आधारभूत शौचालय र राम्रो स्वच्छता अभ्यासहरू बालबालिकाको अस्तित्व र विकासको लागि आवश्यक छ। यी आधारभूत आवश्यकताहरू बिना, लाखौं बालबालिकाको जीवन जोखिममा छ। पाँच वर्ष मुनिका बालबालिकाका लागि पानी र सरसफाइ सम्बन्धी रोगहरू मृत्युको प्रमुख कारण हुन्। हरेक दिन, कम पानी र सरसफाईको कमीको कारण रोकथाम गर्न योग्य रोगहरुबाट बच्चाहरु मर्छन्।
नेपालका १०.८ मिलियन मानिसको सरसफाइमा पहुँच छैन र ३५ लाख जनताको आधारभूत खानेपानी सेवामा पहुँच छैन। नेपालमा, लगभग सबै जनसंख्यामा ९८ प्रतिशत आधारभूत खानेपानी सेवामा पहुँच छ। २५ प्रतिशत जनसंख्याले उपयुक्त विधिहरू जस्तै उमालेर, ब्लीचिङ, फिल्टरिङ, र सौर्य कीटाणुशोधन प्रयोग गरी पिउने पानी प्रयोग गर्छन्। जनसंख्याको ७३ प्रतिशत आधारभूत सरसफाइ सेवाको पहुँचमा छ। घरेलु मलमूत्रको उचित व्यवस्थापन ८३ प्रतिशत जनसंख्यामा रहेको छ। ७२ प्रतिशत जनसंख्यासँग आधारभूत हात धुने सुविधा छ। जबकि २७ प्रतिशतसँग सीमित हात धुने सुविधा छ।
विश्वव्यापी रूपमा, कम्तिमा २ अर्ब मानिसहरूले दूषित पिउने पानीको स्रोत प्रयोग गर्छन्। पिउने–पानीको माइक्रोबियल प्रदूषणले दूषित हुने परिणामको रूपमा पिउने–पानी सुरक्षाको लागि सबैभन्दा ठूलो जोखिम निम्त्याउँछ। माइक्रोबायोलोजिकल रूपमा दूषित पिउने पानीले झाडापखाला, हैजा, पेचिश, टाइफाइड र पोलियो जस्ता रोगहरू फैलाउन सक्छ। विश्वमा प्रत्येक वर्ष चार लाख ८५ हजार मानिस झाडापखालाका कारण मृत्यु हुने अनुमान गरिएको छ।
मानिस वा जनावरको दिसा वा पिसापबाट दूषित पानीको सेवनबाट हुने रोगहहरु, जसमा रोगजनक सूक्ष्मजीवहरू हुन्छन्। जस्तैः ब्याक्टेरिया, भाइरस, प्रोटोजोआ र परजीवीहरूले सेवन गर्दा रोग लाग्न सक्छ। उदाहरणको लागि हैजा, टाइफाइड, झाडापखाला, अमीबिक र ब्यासिलरी डिसेन्ट्री, पोलियो, हेपाटाइटिस आदि।
व्यक्तिगत सरसफाइको कमी र दूषित पानीको प्रयोगले गर्दा विभिन्न रोगहरु जस्तैः विभिन्न खाले जुकाहरु पर्ने, श्वासप्रश्वास प्रणालीमा असर गर्ने, छाला र आँखा रोगहरू जस्तै ट्रकोमा र रिंगवर्म। लामखुट्टे, झिंगाहरुले दूषित पानीको नजिक प्रजनन् वा खाना खाने गर्दछन्। जसले गर्दा मलेरिया, डेंगु ज्वरो, फाइलेरिया, कालाजार आदि रोगहरुको संक्रमण हुन्छ।
पानी बिनाको जीवन सम्भव हुँदैन। पानीले जीवनको रक्षा पनि गर्दछ। जन्मपछि ६ महिनासम्म शिशुलाई पानीको आपूर्ति आमाको दुधबाट नै हुन्छ। किनभने, आमाको दुधमा पौष्टिक तत्त्वबाहेक ८० प्रतिशत भन्दा बढी पानीको मात्रा हुन्छ।
बालबालिकालाई ६ महिना पुगेपछि पूरक खाना र पानीको आवश्यकता हुन्छ। ६ महिनापछि पानीको आपूर्ति आमाको दुध, गाई–भैँसीको दुध, दाल आदिबाट हुने गर्दछ। यसको साथै उनीहरूको शरीरलाई आवश्यक पानी पनि पिउन दिनुपर्दछ। सामान्यतः बालबालिकाको शरीरमा ६ महिनादेखि १ वर्षसम्म ७४ प्रतिशत, १ देखि १२ वर्षसम्म ६० प्रतिशत पानीको मात्रा हुन्छ। त्यसैले यसको सन्तुलन गर्न पनि पानी आवश्यक छ।
पानीले शरीरको तापक्रमलाई सन्तुलन राख्न र शरीरको विभिन्न अङ्गहरूलाई सुरक्षित राख्न मद्दत गर्दछ। शरीरका संवेदनशील अङ्गहरू, जस्तैः मस्तिष्क, मुटु, फोक्सो, किड्नी, आँखाको सञ्चालनका लागि पनि पानीे आवश्यक हुन्छ।
बालस्वास्थ्य विज्ञहरूका अनुसार मौसमअनुसार एकदेखि पाँच वर्षका बालबालिकाले दिनमा ५ देखि ७ गिलास (एकदेखि साढे एक लिटर) पानी पिउनुपर्नेे हुन्छ। बिरामी र झाडापखाला लागेमा बढी झोल पदार्थ र पानी पिउन दिनुपर्दछ। बालबालिकालाई सुरक्षित पिउने पानी दिनुपर्छ। पानी नाङ्गो आँखाले हेर्दा सफा भएपनि दूषित हुन सक्छ। यसमा आँखाले नदेखिने हानिकारक जीवाणुहरू हुन सक्छन्। यी जीवाणुले शिशु, बालबालिकालाई छिट्टै र बढी असर गर्दछ। त्यसैले दूषित पानी पिउनु हुँदैन।
विशेषगरी धमिलो, गन्ध आउने, रङ भएको पानी बढी दूषित हुन सक्छन्। दूषित पानीमा विषाणु, कीटाणु र परजीवीहरू, रसायन, मलमूत्र आदि मिसिएको हुन्छ। पानी पिउदाँ गर्दा यस्ता जीव र वस्तुहरू समेत खाइन्छ। यसको असर आन्द्रा, रगत र अन्य अङ्गहरूमा पर्दछ
खानेपानीमा शरीरलाई हानी गर्ने विषाणु, कीटाणु र परजीवीहरू भए, पानीबाट सर्ने रोगहरू झाडापखाला, जुका, आउँ, टाइफाइड, जन्डिस, आदि हुन्छ भने हानिकारक रसायन भए दीर्घकालमा छाला, फोक्सो तथा मुत्रासयको क्यान्सर समेत हुन सक्छ। अभिभावकले आफ्ना बालबालिकालाई धारा, कुवा, खोलाजस्तो पानीको स्रोतमा फोहोर फाल्न, दिसापिसाब गर्न नहुने कुरा सिकाउनु पर्दछ।
पानी शुद्ध हुनु जति आवश्यक छ, यसको प्रयोग पनि सही तरिकाले हुन पनि उत्तिकै आवश्यक छ। शिशु र बालबालिकालाई पानी खुवाउँदा, प्रयोग गर्नु अघि मिचिमिची साबुनपानीले हात धुने र खाने पिउने भाँडाकुँडा (कप, गिलास, चम्चा आदि) सफा गर्नुपर्दछ। बालबालिकालाई बालस्याहार केन्द्र, प्रारम्भिक बालविकास तथा शिक्षा वा बालविकास केन्द्र तथा विद्यालय पठाउँदा पनि सुरक्षित पानीको व्यवस्था भएको सुनिश्चित गर्नुपर्दछ।
बालबालिकाको जीवनरक्षा र विकासका लागि सफा खानेपानी, आधारभूत शौचालय तथा उपयुक्त सरसफाइका बानीहरू अत्यन्तै महत्वपूर्ण छन्। यी आधारभूत सेवाविना लाखौं बालबालिकाको जीवन जोखिममा रहेको हुन्छ। खानेपानी तथा सरसफाइजन्य रोगहरू पाँच वर्ष मुनिका बालबालिकाहरूको मृत्युको मुख्य कारणहरू मध्येको एक हो।
“नेपालको १ करोड ८ लाख जनसंख्यासँग उपयुक्त सरसफाइको सुविधा उपलब्ध छैन, र ३५ लाखसँग आधारभूत खानेपानीको सुविधा उपलब्ध छैन।”
गरिबी, कठिन भूबनोट र द्वन्द्वजस्ता चुनौतीहरू हुँदाहुँदै पनि खानेपानी तथा सरसफाइको सुविधा विस्तारमा नेपालले विगतका केहि दशकहरुमा उल्लेखनीय प्रगति हासिल गरेको छ। सन् १९९० मा ४६ प्रतिशत घरधुरीसँग खानेपानीको सुविधा रहेकोमा हाल ९५ प्रतिशतसम्म खानेपानीको पहुँच छ। त्यसैगरी सन् १९९० मा ६ प्रतिशतबाट वृद्धि भई हाल ६२ प्रतिशतसँग सरसफाइको सुविधा उपलब्ध छ। तथापी निम्न चुनौतीहरू अझै बाँकी नै छन्ः खानेपानीको गुणस्तर र वितरण प्रणाली भने कमजोर रहेको छ। उपलब्ध तथ्यांकअनुसार, सबै खानेपानीका श्रोतहरू मध्ये सम्पूर्ण जनसंख्याले प्रयोग गर्ने मध्ये ७१ प्रतिशत र विपन्न समुदायले प्रयोग गर्ने मध्ये ९१ प्रतिशत खानेपानीमा इकोली ब्याक्टेरिया पाइएको छ।
खानेपानी वितरण लाइनहरू मध्ये २५ प्रतिशत मात्र पूर्ण रुपमा काम गर्ने अवस्थामा रहेको र ४० प्रतिशतलाई ठुलो मर्मतको आवश्यकता रहेको छ। नेपाल जनसांख्यिकी तथा स्वास्थ्य सर्वेक्षणका अनुसार, १६ प्रतिशत जनसंख्याले अझै खुला रुपमा दिसा गर्ने गरेको पाइन्छ। २० प्रतिशत सरकारी विद्यालयहरूमा सुधारिएको खानेपानी तथा सरसफाइको सुविधा उपलब्ध छैन। साथै थप १९ प्रतिशतमा पुरुष र महिलाका लागि छुट्टाछुट्टै शौचालय तथा महिनावारी सम्बन्धी सरसफाइको सुविधा नरहेको तथ्यांक छ।
नेपालको खानेपानी तथा सरसफाइका सेवाहरूका साथै आधारभूत सरसफाइका अभ्यासहरू सुधार्न जरुरी छ। अन्तरक्षेत्रीय सहकार्य मार्फत विद्यालय र स्वास्थ्य संस्थाहरुमा सुरक्षित खानेपानीको सुविधामा सुधार ल्याउने। सरसफाइको सामाजिक अभियान तथा पूर्ण सरसफाइको अभियानलाई बृहत बनाउने। सरसफाइको सुधारिएको अभ्यासलाई प्रवर्धन गर्न तथा सरसफाइको बजार निर्माण निजी क्षेत्रलाई सम्मिलित गर्ने।
स्वास्थ्य संस्था, प्रारम्भिक बाल विकास केन्द्र तथा विद्यालयहरूमा लैंगिक तथा अपांगमैत्री सरसफाइका सुविधाहरुका लागि पैरवी गर्ने। आमसंचार तथा सामाजिक सञ्जालको प्रयोग गरी महिनावारी सहित समग्र सरसफाइको अभ्यासका उत्तम तरिकाहरूबारे चेतना फैलाउने। खानेपानीको नियमन गर्ने निकायको सुदृढिकरण, खानेपानी सुरक्षा योजनाको कार्यान्वयन र खानेपानी शुद्धिकरणका घरायसी तरिकाहरूबारे सामुदायिक चेतना विस्तार गरी खानेपानीको गुणस्तर वृद्धि गर्न जरुरी छ।
त्यस्तै खानेपानीको सुविधाबाट बञ्चित जनसंख्यासम्म खानेपानी पुगेको सुनिश्चित गर्ने, रणनीतिको विकास गर्ने तथा खानेपानी वितरण प्रणालीको उपयोगिता, वितरण क्षेत्र, दिगोपन र विश्वसनीयतालाई सुदृढिकरण गर्ने गर्न जरुरत छ। खानेपानी तथा सरसफाइ सम्बन्धी नयाँ कानून निर्माण गर्न र सरसफाइका सुविधाको पहुँचमा लैंगिक समानता र सामाजिक समावेशिता प्रवर्धन गर्ने नीतिमा परिमार्जन गर्न नेपाल सरकारलाई सहयोग गर्ने। खानेपानी तथा सरसफाइ सम्बन्धी विद्यमान नीतिहरुमा विपद् जोखिम न्युनिकरण र जलवायु परिवर्तन सम्बन्धी कार्यक्रम समावेश गर्ने र आवश्यक तयारी गर्नका लागि सहयोग गर्ने गर्नु पर्छ।
पानी शुद्धीकरण गर्ने उपाय
हामीले पिउने पानीलाई विभिन्न तरिका अपनाएर शुद्ध गर्न सकिन्छ। केही तरिकाहरू निम्नानुसार छन्:
(क) उमाल्नेः पानी उमालेर सफा भाँडामा छोपेर राख्नुपर्दछ। पानी उमाल्दाखेरी जीवाणुहरू नष्ट हुन्छन् र पिउन योग्य हुन्छ। उमालेर घरायसी प्रयोजनको लागि पानी शुद्ध गर्ने एक सन्तोषजनक विधि हो। प्रभावकारी हुनको लागि, पानीलाई १० देखि २० मिनेटको लागि “रोलिङ बोइल“ मा ल्याउनु पर्छ। यसले सबै ब्याक्टेरिया, स्पोर, सिस्ट र ओवालाई मार्छ र बाँझ पानी उत्पादन गर्छ।
(ख) फिल्टरः पानीलाई फिल्टर गर्न मिल्ने भाँडामा राखेर शुद्ध गरेर पिउन सकिन्छ।
(ग) क्लोरिन औषधी हालेरः बजारमा पाइने विभिन्न क्लोरिन औषधी (जस्तैः पियूष, पियूर आदि) निर्देशनअनुसार प्रयोग गरेर शुद्ध गर्न सकिन्छ।
(घ) सोडिसः पानीलाई सफा पारदर्शी प्लाष्टिकको बोतलमा हाली चहकिलो घाममा राखी सौर्य उर्जा (वैजनीकिरण)द्वारा पानी शुद्धीकरण गर्ने विधिलाई सोडिस विधि भनिन्छ । सोडिसका लागि निम्न विधि अपनाउनुपर्दछः
१. केही सफा प्लाष्टिक बोतलहरूमा तीन चौथाइ पानी भर्ने र पानीमा प्रशस्त हावा (अक्सिजन) प्रवेश गराउन बोतलहरू हल्लाउनुपर्छ। यसले शुद्धीकरण प्रक्रियालाई सहयोग गर्छ। त्यसपछि बोतलहरूमा बाँकी पानी भर्ने र बिर्को लगाउनुपर्दछ।
२. पानी धेरै धमिलो (बाक्लो) छ भने कफी फिल्टर वा सुती कपडालार्ई चारपटक दोबारेर पानी छान्नुपर्छ। सोडिस विधिले ज्यादै धमिलो (बाक्लो) पानीको उपचार राम्ररी नहुन सक्छ र बैजनीकिरणले यस्ता पानीमा हुने परजीवी तथा विषाणु नष्ट नहुन सक्छन्।
३. यसपछि भरिएका बोतललाई कम्तीमा ६ घण्टासम्म सूर्यको प्रत्यक्ष प्रकाशमा राख्नुपर्छ। बोतललाई घामतिर ढल्काएर राख्नाले (घरको छतमा) वा घाममा राख्दा पानीको तापमान बढाउन मद्दत गर्ने हुनाले यो प्रक्रिया प्रभावकारी हुन्छ।
४. चर्को घाम नलाग्ने वा बादल लागेको ठाउँमा पानीलाई शुद्ध पार्न दुई दिन लाग्न सक्छ।