सोमबार, ८ पुष, २०८१

संसारको कडा मेहनतबाट फलाइने मार्सीधान

संसारको अग्लो स्थानमा फल्ने मार्सी धान घर भित्र्याउन संसारकै कडा मेहनत गर्नुपर्छ। जसलाई यसको व्यवस्थित क्यालेन्डरले पनि पुष्टि गर्छ।

चर्चित हाइअल्टिच्यूड ब्रान्ड मार्सी धान घर भित्र्याउन थालिएको छ। किसानहरुलाई दशैको भोलिपल्टबाट धान भित्र्याउने चटारो सुरु भएको हो।

यतिबेला किसानहरु आफ्ना जिउलाका धान ढाल्न, चुट्न र भित्र्याउन व्यस्त छन्। जिल्ला स्थित आठवटै पालिकाका किसानहरु धान भित्र्याउने अन्तिम कसरत गरिरहेका छन्।

संसारको अग्लो स्थानमा फल्ने मार्सी धान घर भित्र्याउन संसारकै कडा मेहनत गर्नुपर्छ। जसलाई यसको व्यवस्थित क्यालेन्डरले पनि पुष्टि गर्छ।

वसन्त पञ्चमीको दिन वेर्ना सफा गरेपछि सुरु हुने मार्सी धान उत्पादनको चक्र चैत १२ गते धान भिजाउने, १६ गते उतारेर अंकुराउने, २० गते बेर्नामा छर्ने, बैशाख एक गते बीउ पुजा गर्ने, जेठ महिनाभरी रोप्ने, हरेक दिन पानी हाल्ने र असार महिनामा गोड्ने गरि लामो समयको मेहनत पश्चात् कार्तिकमा घर भित्र्याए पछि मात्रै सकिन्छ।

यो संसारको सबैभन्दा अग्लो ठाउँमा धान फलाउन गरिएको मेहनतको फल हो। अर्थात् यो यस्तो वैज्ञानिक उपलब्धि हो, जुन बाँकी संसारका कुनै किसान अनि कृषि वैज्ञानिकले हासिल गर्न सकेका छैनन्। जुम्लाका किसानहरुले हासिल गरेको उपलब्धिको जस बाबा चन्दननाथलाई दिइदै आएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार