दिवस बानिया, प्रियंस आचार्य, अनुपम धमान, साइमन योन्जन, विकल रेग्मी र आदित्य बलम्पाखीको पहिरोमा परी निधन भएको थियोे।
बाढीपहिरोमा परी ज्यान गुमाएका खेलाडीको सम्झनामा दीप प्रज्वलन गरिएको छ। जिल्ला फुटबल संघ जुम्लाले सदरमुकाम खलंगास्थित कृष्ण मन्दिरको प्राङ्गणमा दीप प्रज्वलन गरेको हो।
असोज ११ र १२ गते मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका – ३ स्थित वाल्सत्यदेवी उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जार्दै गर्दा पहिरोमा परी निधन भएको खेलाडीहरुको सम्झनामा दीप प्रज्वलन गरिएको जुम्ला जिल्ला फुटबल संघका महासचिव दिपेन्द्र विक्रम हमालले जानकारी दिए।
जुम्ला जिल्ला फुटबल संघका अध्यक्ष भरत बुढथापाका अनुसार दिवस बानिया, प्रियंस आचार्य, अनुपम धमान, साइमन योन्जन, विकल रेग्मी र आदित्य बलम्पाखीको पहिरोमा परी निधन भएको थियोे।
उनले भने, ‘उनीहरुको आत्ममा चिर शान्तको कामना गर्दै दीप प्रज्वलन गरिएको हो। खेलक्षेत्रको भविष्य माथि पर्न गएको अपुरणीय क्षतिले मर्माहत भएका छौं।’