सोमबार, ८ पुष, २०८१

२०८१ को स्व.दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार मानदत्त रावललाई

१४ वषर्षदेखि पत्रकारितामा क्रियाशील रावल जुम्लाबाट दैनिक प्रकाशनमा रहेका हुने कर्णाली पाेष्ट दैनिकका सञ्चालक र सम्पादक हुन्।

२०८१ को स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार मानदत्त रावललाई प्रदान गरिने भएकाे छ।

प्रतिष्ठानले जुम्ला र बाँकेमा प्रदान गर्दै आएकाे तेस्रो संस्करणको पुरस्कार पत्रकार रावललाई प्रदान गरिने भएकाे हाे।

०८१ असाेज १६ गते प्रतिष्ठानका सल्लाहकार महेश नेपालीको अध्यक्षतामा बसेको छनोट समितिको बैठकले ‘स्व. दीपबहादुर स्मृति कियाशील पत्रकारिता पुरस्कार’-२०८१ जुम्लाका क्रियाशील पत्रकार रावललाई दिने निर्णय गरेको थियाे।

रावल अनौपचारिक सेवा केन्द्र ईन्सेक र नयाँ पत्रिका दैनिकमा कार्यरत छन्।

१४ वषर्षदेखि पत्रकारितामा क्रियाशील रावल जुम्लाबाट दैनिक प्रकाशनमा रहेका हुने कर्णाली पाेष्ट दैनिकका सञ्चालक र सम्पादक हुन्।

१० हजार राशी भएको पुरस्कारको तेस्रो संस्करणमा छनोट भएकाे प्रतिष्ठानका अध्यक्ष शुभाकर विश्वकर्माले बताए।

‘स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार’ हरेक वर्ष जुम्ला र बाँकेबाट क्रियाशील पत्रकारिता गर्दै आएका पत्रकारलाई प्रदान गरिदैँ आएकाे उनको भनाइ छ।

‘यस पुरस्कारको स्थापनाले कर्णाली लगायत विकास विकट भूगोलबाट समाचार लेखनमा सक्रीय पत्रकारलाई उत्साहित गर्ने उद्देश्य रहेकाे छ,’ उनले भने।

पुरस्कारबाट यसअघि जुम्लामा सागर परियार, विजय रावत र बाँकेमा अनिता विश्वकर्मा र कल्पना शाही पुरस्कृत भएका छन्।

पुरस्कार २०८१ असोज १९ गते एक समारोह बीच वितरण गरिने अध्यक्ष विश्वकर्माकाे भनाइ छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार