सोमबार, ८ पुष, २०८१

विक्रम तिरुवा सलिनका ४ मुक्तक


मेरो बस्तीमा कहिँले विद्रोहको लाम लाग्ला सोचिरहेछु
शिक्षित भएको जन पनि कसरी काम लाग्ला सोचिरहेछु
स्वास्नीको सेवा गर्दा नामर्द उपनाम दिने यो समाजको
खै कहिँले? अन्धकारको घैटौंमा घाम लाग्ला सोचिरहेछु


चोट मनभित्र छ रोदन मनभित्र छ, देखाउन सक्दिनँ म
यो संसार पनि यस्तो विचित्र! छ, देखाउन सक्दिनँ म
सुखमा खुब साथ दिन्छ, दु:खमा त हराउँछ एकाएक,
मेरो साँच्चै एक शत्रु जस्तै मित्र छ, देखाउन सक्दिनँ म


थोपाथोपा मिलेर नै समुद्र बन्छ, यो नबिर्सनू
कमिला देखेर हात्ती पनि तर्सन्छ, यो नबिर्सनू
यात्रामा ढुङ्गाले ठेस लाउँदैमा गन्तव्य बिर्सिइन्न
भन्नलाई त दुश्मनले अनेकौं भन्छ, यो नबिर्सनू।


मरेपछि चितामा जल्दिनँ भन्न कसरी पाउँछ
शोकमा बलेको दियो बल्दिनँ भन्न कसरी पाउँछ
यो त पालना गर्नैपर्ने नियम बनेको हो संसारमा
आयु पुगेपछि रुखले ढल्दिनँ भन्न कसरी पाउँछ

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार